AD_ Wide Top

लभ सासामा सित्तैमा काम गरेकी हुन् त केकीले ?

२१ पुष,२०७३  |   Forseenetwork


loading...
लभ सासामा सित्तैमा काम गरेकी हुन् त केकीले ?

यहि पुष २८ मा रिलिज हुने चलचित्र लभ सासाको टिम अहिले प्रचार प्रसारमा जुटेको छ । । त्यो दिन लभ सासा सँगै निखिल उप्रेतीको सिनेमा किङ पनि रिलिज हुँदैछ । एकअर्कालाई पछारेर दर्शकको माया पाउने सोच सहित यी दुई सिनेमाका कलाकार अहिले प्रचार प्रसारमा जुटेका छन् । सिनेमाको प्रमोशन गर्न हामीकहाँ आईपुगेकी अभिनेत्री केकीले हामीसँग सिनेमा लभ सासाको बारेमा कुरा गरिन् । कुरा गर्ने क्रममा केकीले एउटा चाखलाग्दो कुरा पनि सेयर गरिन् जुन थियो पारिश्रमिकको । उनले सिनेमा लभ सासामा काम गरेर पारिश्रमिक नलिएको खुलासा गरिन् । केकीले हरेक सिनेमामा काम गरेबापत आफूले मागेजति पारिश्रमिक पाउँछिन् । तर यो सिनेमा रिलिज भएपछि फाईदा भएको खण्डमा प्रतिशतमा पारिश्रमिक लिने कुरा भएकाले केकीले पैला नै पारिश्रमिक नलिएको हामीलाई बताईन । प्रचण्ड श्रेष्ठको निर्देशन र माधव वाग्लेको निर्माण रहको यस चलचित्रमा नायिका केकी अधिकारी र नायक कर्र्मा शाक्यको मुख्य भूमिका रहेको छ ।
बिहिबार किन रिलिज हुँदैछ सिनेमा ?
सिनेमा बिहिबार किन रिलिज गर्नुभयो भन्ने हाम्रो प्रश्नमा केकीले, “बिहिवार सार्वजनिक विदा परेको छ त्यस कारण लभ सासा पुष २८ मा शुक्रबार होईन बिहिवार आउँदैछ”, भनिन् । बिशेष गरी सिनेमाहरु रिलिज हुने दिन भनेको शुक्रबार हो । तर कहिले काही अपवादको रुपमा केही सिनेमाहरु बिहिबार रिलिज हुन्छन् ।
शुक्रबार रिलिज हुने यो नियमको बारेमा केकीले, “नेपालमा शुक्रबार बाहेक कर्मै मात्रमा चलचित्र रिलिज हुने गरेको छ । तर बलिउड र हलिउड सिनेमाहरु सार्वजनिक बिदा वा पर्व पारेर जुनसुकै बार पनि रिलिज हुन्छन् । त्यस कारण हाम्रो सिनेमाहरु पनि सार्वजनिक विदाको दिन रिलिज हुन पाउनुपर्छ”, भनिन् ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testदुई पटक सुहागरात मनाउने नेपाली सेलिब्रेटी, कोही पछुताए कोही रमाए