chakka panjaa
AD_ Wide Top

विष्णुले जे चाहेका थिए त्यहि भैदियो

२० पुष,२०७३  |   Forseenetwork


loading...
विष्णुले जे चाहेका थिए त्यहि भैदियो

अभिनयनै आफ्नो सबथोक भन्ने प्राय कलाकारहरुले आफू अभिनय गर्दा गर्दै मर्न पाए हुन्थ्यो भने सोच राख्छन् । तर सबैले सोचेको र चाहेको कुरा पूरा हुँदैन ।

मंगलबार नाचघरमा नाटक महर्षि यज्ञबल्क्यमा अभिनय गर्दा गर्दै एक कलाकारले संसार छाडे । टेलिसिरियल तितो सत्यमा योर माई लभ भनेर सबैलाई हँसाउने कलाकार बिष्णु भक्त फुयाँलले मंगलबार संसार छाडेका हुन् ।

लामो समय देखि नेपाली सिनेकर्मी र रंगकर्मी भएर काम गरेका बिष्णु नाचघरमा बद्रि अधिकारीको निर्देशनमा मन्चन भईरहेको नाटक महर्षि यज्ञबल्क्यमा राजा जनकको भूमिकामा थिए । राजा जनक भएर अभिनय गर्दा गर्दै उनी अचानक बेहोस भएका थिए । उपचारका लागि उनलाई तुरुन्तै वीर अस्पतालमा पुर्याईएको थियो । तर उनले मृत्युलाई जित्न सकेनन् ।

उनको सोच नै रंगकर्मीका रुपमा काम गर्दा गर्दै मन पाउँ भन्ने थियो । भैदियो पनि यस्तै । तितो सत्यमा उनी दीपा श्री निरौलाको पिताको भूमिकामा थिए ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..