AD_ Wide Top

लातको भुतलाई तह लगाउँदै निखिल

१९ पुष ,२०७३  |   Forseenetwork


loading...
लातको भुतलाई तह लगाउँदै निखिल

नेपाली सिनेमालाई माया गर्नेहरु अहिले पुष २८ गते रिलिज हुने चलचित्र किङ्गको पर्खाईमा छन् । निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्रले पनि ट्रेलर र गीतको प्रोमो सर्वाजनिक गर्दै दर्शकको मनमा खुलदुली जगाईदिएकोे छ । सोमबार चलचित्र निर्माण टिमले ३० मिनेटको छोटोे प्रोमो सार्वजनिक गरेको छ । ‘लातको भुत मान्दैन बातले’ बोलको गीतको प्रोमो युट्युबमा सार्वजनिक गरिएको हो । यो गीतमा निखिल उप्रेती एक्शन अवतारमा देखिएका छन् ।

बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रमोद ढुङगानाको शब्द र केतन क्षेत्रीको आवाज रहेको छ । सविर श्रेष्ठको निर्देशनमा बनेको किङगमा समावेश गरिएको यो गीतको पूरा भिडियो केही दिनमा सार्वजनिक गरिने छ । जयन श्रेष्ठको निर्माण रहेको किङ्गमा निखिलसँगै नायिका बेनिशा हमाल, अनुप विक्रम शाही मुख्य भूमिकामा छन् । हेर्नुहोस् गीतको प्रोमो

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testविहे विदेशमा भोज नेपालमा : विदेशीसँग लगनगाँठो कस्ने ८  नेपाली सेलिब्रेटी जोडी