TOP Ad
AD_ Wide Top

युएईको आबुधाबीमा ‘मह यात्रा’ हुने

१८ पुष,२०७३  |   Forseenetwork


युएईको आबुधाबीमा ‘मह यात्रा’ हुने

हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको चर्चित मह यात्रा युएईको राजधानी आबुधाबी हुने भएको छ । नयाँ वर्ष २०१७ को अवसर पारेर युएईको आबुधाबीमा पहिलो पटक हुन लागेको मह यात्रामा मह जोडीसँगै अन्य विभिन्न कलाकारको समेत प्रस्तुती रहने छ ।

आउँदो पुस २२ गते आबुधाबीको नेशनल थिएटरमा हुने कार्यक्रममा गायक राजनराज शिवाकोटी, कलाकार मोहित आचार्य, नरेन्द्र कंसाकार, यमन श्रेष्ठ, पूर्णिमा लामा र रुन्चे गायक प्रकाश पौडेलको पनि प्रस्तुती रहने छ ।

काइट इन्टरटेन्टमेन्ट तथा नेपालीको सफल ब्यवसायिक सस्था ग्रिनलाइन ट्राभल्सको मुख्य प्रायोजनमा आबुधाबीको नेशनल थिएटरमा पहिलो पटक नेपाली सास्कृतिक कार्यक्रम हुन लागेको हो । दर्शकको माग अनुसार फरक फरक दरका टिकट रहेको इन्टरटेन्टमेन्टका अध्यक्ष बिकास अधिकारीले जानकारी दिएका छन् ।

कार्यक्रममा आउन चाहने नेपाली कामदारको माग भए बिभिन्न स्थानबाट यातायातको समेत व्यबस्था गर्न सकिने ट्राभलका निर्देशक बालकृष्ण खड्काले बताए । मह यात्रा युएईको टुरिजम बोर्डबाट अनुमती लिएर गर्न लागिएको हो ।

मह यात्राबाट संकलित रकम सामाजिक क्षेत्रमा खर्चिने भन्दै कार्यक्रम सफल बनाउन सहयोग गर्न आयोजकले सबैसित आग्रह गरेको छ ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..