AD_ Wide Top

मेरो पैसा खोई, मोटो रकममा अनुबन्धित बर्षा

१० मंसिर,२०७३  |   Forseenetwork


loading...
मेरो पैसा खोई, मोटो रकममा अनुबन्धित बर्षा

अभिनेत्री बर्षा राउत सिनेमा ‘मेरो पैसा खोई’मा मुख्य अभिनेत्रीको रुपमा देखा पर्ने भएकी छिन् । बलिउड सिनेमा भूतनाथ रिटन्र्सका निर्देशक विवेक शर्माको रोजाईमा परेर, बर्षा ‘मेरो पैसा खोई’मा मुख्य अभिनेत्रीको रुपमा देखिने भाग्यमानी अभिनेत्री बन्न पुगेकी छिन् । सिनेमा छक्का पञ्जा हेरेपछि निर्देशकलाई बर्षाको अभिनय मन परेको थियो । त्यसपछि निर्देशकले बर्षालाई मुख्य भूमिकाका लागि प्रस्ताव राखे । बर्षाले पनि यो सुनौलो अवसर गुमाईनन् र आफूले चाहेको जति रकम मागेर सिनेमामा अनुबन्धित भईन् ।

लगातार तीन सिनेमा सफल हुँदै गएपछि बर्षाले यो फिल्ममा अहिलेका चलन चल्तीका नायिकाहरुले भन्दा धेरै पारिश्रमिक मागेको बुझिएको छ । तर निर्माण टिमले उनलाई बिना हिचकिच उनले तोकेको पारिश्रमिक दिएर फिल्मका लागि अनुबन्धित गरेको छ ।

रोज राणाको निर्माण रहेको यो सिनेमामा अर्कि अभिनेत्री बर्षा सिवाकोटीको पनि अभिनय रहने छ । त्यस्तै अन्य कलाकारहरुमा सौगात मल्ल, सागर तिवारी, बुद्दि तामाङ रहनेछन् । सिनेमा माघको दोस्रो सातादेखि फ्लोरमा जाने छ ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

testसुनिल रावललाई लागेको आरोप सहि हो– प्रकृति श्रेष्ठ