AD_ Wide Top

कोही विवाह पछि कोही विवाह नै नगरी, यी हुन् २०१६ मा आमा बुवा बन्ने बलिउड सेलिब्रेटी

०६ पुस २०७३  |   Agency

below social share detail page adv


loading...
कोही विवाह पछि कोही विवाह नै नगरी, यी हुन् २०१६ मा आमा बुवा बन्ने बलिउड सेलिब्रेटी

बलिउडकी बेबो अभिनेत्री करीना कपूर मंगलबार पहिलो पटक आमा बनिन् । छोरा जन्माएकी करीनाले छोराको नाम तैमुर अलि खान पटौदी राखेकी छिन् । यो बर्ष सन्तान सुख प्राप्त गर्ने सेलिब्रेटी करीना मात्रै हैनन् । सन् २०१६ मा बलिउडमा धेरै सेलिब्रेटीले सन्तान सुख प्राप्त गरेका छन् । आज हामी त्यसको बारेमा एक सामाग्री प्रस्तुत गर्दैछौँ ।

shahid mira
शाहिद कपूर
अभिनेता शाहिद कपूर पनि विवाह गरेको एक बर्षमा नै यहि बर्ष पिता बने । उनकी श्रीमती मिराले छोरीलाई जन्म दिएर शाहिदलाई सन्तान सुख प्राप्त भएको हो । शाहिदले छोरीको नाम मिशा राखेका छन् ।

riteish-genelia-new-759

रितेश देशमुख
अभिनेता रितेश देशमुख पनि यो बर्ष दोस्रो पटक पिता बने । उनकी श्रीमती, अभिनेत्री जेनेलियाले यो बर्षको जुन महिनामा छोरालाई जन्म दिईन् । जेनेलिया र रितेशका पहिलो सन्तान पनि छोरा नै छन् । रितेशका छोरा वियानको जन्म २०१४ को नोभेम्बरमा भएको थियो ।

Allu-Arjun

अलु अर्जुन
दक्षिण भारतका अभिनेता अलु अर्जुन २१ नोभेम्बर २०१६ मा दोस्रो पटक पिता बने । उनलाई उनकी पत्नी स्नेहा रेड्डीले छोरी जन्माएर सन्तान सुख दिएकी हुन् । छोरी भन्दा पहिले अल्लुका एक छोरा छन् अलु अयान ।

Tusshar-Kapoor
तुषार कपूर
अभिनेता तुषार कपूर पनि यो बर्ष पिता बन्न सफल रहे । ४० बर्षिय उनी विवाह बिना नै सेरोगेसीको मद्दतबाट पिता बनेका हुन् । उनले छोराको नाम लक्ष्य राखेका छन् ।

Fawad-khan-2906908
फवाद खान
पाकिस्तानी तथा बलिउड अभिनेता फवाद खान पनि यो बर्ष दोस्रो पटक पिता बने । उनकी पत्नी सदफले छोरी जन्माएर फवाद दोस्रो पटक पिता बनेका हुन् । यो भन्दा पहिले उनका एक छोरा छन् ।

prakash-raj-pony-verma
प्रकाश राज
दक्षिण भारत तथा बलिउड अभिनेता प्रकाश राज पनि यो बर्ष तेस्रो पटक पिता बने । उनकी श्रीमती पोनी शर्माले ३ फेब्रुअरी २०१६ मा छोरालाई जन्म दिईन् । पोनी प्रकाशकी दोस्रो श्रीमती हुन् । पहिलो श्रीमती ललिताकुमारीबाट प्रकाशका दुई छोरी छन् ।

arpita-khan-aayush-sharma
अर्पिता खान
सलमान खानकी बहिनी अर्पिता खानले ३० मार्च २०१६ मा छोरा जन्माईन् । उनका छोराको नाम आहिल राखिएको छ । सलमान खानका भान्जा भएका कारण आहिको चर्चा निकै हुने गरेको छ । अर्पिताले दिल्ली बेस्ड आयुष शर्मासँग २०१४ मा विवाह गरेकी हुन् ।

Shabir-Ahluwalia-with-his-wife

शब्बीर अहलुवालीया
टेलिभिजन अभिनेता शब्बीर अहलुवालीया पनि यो बर्ष दोस्रो पटक पिता बने । उनकी पत्नी कांची कौलले १८ फेबु्रअरीमा छोरा ईवारलाई जन्मदिईन् ।शब्बीरका यो भन्दा पहिले एक छोरा अजय छन् ।

Amrapali-Gupta
आम्रपाली गुप्ता
जि टि भिको सिरियल कबुल है मातनवीरको भूमिका निभाएर चर्चामा आएकी अभिनेत्री आम्रपाली गुप्ता पनि यो बर्ष आमा बनिन् । उनले मार्च २०१६ मा छोरालाई जन्मदिईन् । २३ नोभेम्बर २०१२ मा आम्रपालीले तीन बहुरानीयाकाको स्टार यश सिन्हासँग विवाह गरेकी थिईन् ।

shweta-abhinav-580x395

श्वेता तिवारी र अभिनव कोहली
फिल्म तथा टेलिभिजन अभिनेत्री श्वेता तिवारीले नोभेम्बर सातमा छोरा जन्माईन् । यो भन्दा पहिले पनि विवाह गरेकी श्वेता एक छोरीकी आमा हुन् । पहिलो विवाहबाट जन्मेकी उनकी छोरी नै १९ बर्ष भईसकेकी छिन् । श्वेताको दोस्रो विवाह अभिनेता अभिनव कोहलीसँग भएको हो ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testबन्द कोठामा नाना पाटेकर र आयशालाई रंगेहात फेला पारेकि थिइन मनिषाले