chakka panjaa
AD_ Wide Top

छोराको ब्रेक असफल भएपछि सलमानसँग सहयोग माग्दै अनिल

२७ कार्तिक,२०७३  |   Agency


loading...
छोराको ब्रेक असफल भएपछि सलमानसँग सहयोग माग्दै अनिल

बलिउड अभिनेता अनिल कपूरका छोरा हर्षवद्र्धनको बलिउड ब्रेक असफल भयो । हर्षले ऐतिहासिक सिनेमा मिर्जियाबाट बलिउडमा ब्रेक लिएका थिए । छोराको बलिउड ब्रेक असफल भएपछि तनावमा रहेका अनिल सलमानको सहयोगको अपेक्षामा छन् । उनी आफ्नो छोरालाई अब सलमानले गाईड गरुन् भन्ने चाहन्छन् ।

अनिलले सलमानलाई छोरा हर्षबद्र्धनको करिअरमा सहि बाटो देखाउन आग्रह गरेका छन् । भारतको एक अनलाईन पोर्टलमा छापिएको खबरका अनुसार छोराले कुनै ठूलो बजेटको रोमान्टिक कमेडि फिल्मबाट बलिउडमा बे्रक लेओस् भन्ने चाहना अनिलको थियो । तर हर्षले करिअरको पहिलो फिल्म स्वरुप मिर्जियालाई छनौट गरे । जुन पूर्ण रुपमा असफल रह्यो ।
अनलाईनहरुमा प्रकाशित खबरका अनुसार अनिलका छोरा हर्ष आफूलाई जे मन लाग्यो त्यहि मात्र गर्छन् । उनी अरुको अर्डर अनुसार हिड्न जानेका छैनन् । यहि कारण पनि अनिल सलमानले छोराको करिअरमा गाईड गरुन् भन्ने चाहेका हुन् ।
हाल हर्ष फिल्म भावेश जोशीमा व्यस्त छन् । यो फिल्म पछि उनले श्री राम राघवनको एउटा सिनेमामा काम गनसम्भावना छ ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..