AD_ Wide Top

बलिउड फिल्ममा काम गरेका हलिउड सेलिब्रेटी

१ कार्तिक, २०७३  |   Agency


loading...
बलिउड फिल्ममा काम गरेका हलिउड सेलिब्रेटी

बलिउडका कलाकारहरु हलिउड फिल्ममा काम गर्नका लागि सङ्घर्ष गरिरहेका हुन्छन् । तर, हलिउडका त्यस्ता कलाकारहरु पनि छन् जसले बलिउड फिल्ममा काम गरेका छन् र चर्चा पनि बटुलेका छन् । आज हामीले यसै बारे एक सामाग्री तयार पारेका छौं ।

ben-kingsley-460_1404629c

बेन किङ्गस्ल

४० वर्षको अवधीमा बेनले विभिन्न अवार्डका साथै सबैबाट प्रशंसा बटुलेका छन् । उनले हलिउड फिल्म बाहेक बलिउड फिल्ममा पनि काम गर्छन् । उनले १९८२ को फिल्म गान्धी र तीन पत्तीमा काम गरिसकेका छन् । उनलाई पछि गुरु जीमा काम गर्नको लागि भनिएको थियो । तर, उनले फिल्ममा काम गर्न मानेन्न् । उनले बलिउडकी अभिनेत्री ऐश्वर्या राय बच्चनसँग द लास्ट लिजनमा पनि काम गरेका छन् । उनले बलिउडका सेलिब्रेटी नवाजुद्दि सिद्धीकी र अनुपम खेरसग अ कमन म्यानमा पनि काम गरेका छन् ।

kambakht3

साईल्भेस्टर स्टालोन
उनी फिल्मका एक्टर, स्क्रिन राईटर, निर्माता र निर्देशक पनि हुन् । साईल्भेस्टरले २०१० को फिल्म “कमबक्त ईश्क” मा काम गरेका छन् । उनी बाहेक फिल्ममा करिना कपूर, अक्षय कुमार, अफताब शिवदास्नी, अर्मिता अरोडा र डेनिस रिचार्डस् को मुख्य भूमिका रहेको छ ।

06-Aamir-Toby

टोबी स्टेफेनस्
टोबीले २००५ को “मङ्गल पाण्डे–द राईजिङ्ग” मा काम गरेका छन् । फिल्ममा उनी बाहेक आमिर खान, रानी मुखर्जी, कोरल बिड, अमिशा पटेल र किरन खेर मुख्य भूमिकामा छन् ।

namaste london

किल्भ स्टान्डेन
किल्भले सन् २००७ को फिल्म “नमस्ते लन्डन” मा काम गरेका छन् । उनी बाहेक फिल्ममा अक्षय कुमार, कट्रिना केफ, रिसी कपूर, उपेन पटेल र जावेद शेखको मुख्य भूमिका रहेको छ ।

mynameiskhan

क्रिस्टोफर बी. डुक्यान

क्रिस्टोफरले सन् २०१० को फिल्म “माई नेम ईज खान” मा काम गरेका छन् । फिल्ममा उनी बाहेक शाहरुख खान, काजोल, सोन्या जेहान, जिमी वाहाब र अर्जुन माथुरको मुख्य भूमिका रहेको छ ।

rebecca-elizabeth-breeds-in-bhaag-milkha-bhaag

रेबिका ब्रिडस्
रेबिकाले २०१३ को फिल्म “भाग मिल्खा भाग” मा काम गरेकी छिन् । उनी साथै फिल्ममा सोनम कपूर, फारान अख्तर, मनिषा साफी र पवन मल्होत्राको मुख्य भूमिका रहेको छ ।

katforeigner

साराह थोम्सन
साराहले सन् २०१० को फिल्म “राजनिती” मा काम गरेकी छिन् । फिल्ममा रणवीर कपूर, अजय देवगन, नाना पाटेकर, कट्रिना केफ, अर्जुन रामपाल, मनोज बाजपाई र नसिरुदिन शाहको मुख्य भूमिका रहेको छ ।

denise

डेनिस रिचार्डस्
डेनिसले २०१० को फिल्म “कमबक्त ईश्क”मा काम गरेका छन् । उनी बाहेक फिल्ममा करिना कपूर, अक्षय कुमार, अफताब शिवदास्नी, अर्मिता अरोडा र साईल्भेस्टर स्टालोनको मुख्य भूमिका रहेको छ ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

धरैले पढेको

test‘कार्टुन क्रुज’सँग छ क्यारिकेचर देखि कमालको गीत गाउने कला