TOP Ad
AD_ Wide Top

तँ म र ऊलाई पर्दै निता र आमेशको ब्रेकअपको असर

६ असोज,२०७३  |   Forseenetwork


तँ म र ऊलाई पर्दै निता र आमेशको ब्रेकअपको असर

नायिका निता ढुङगाना र नायक आमेश भण्डारीको जोडी एकताका नेपाली सिनेमाको बजारमा निकै जमेको जोडी मानिन्थ्यो । आफ्नो प्रेमको बारेमा आमेश र निताले मिडियासंग पनि खुलेरै कुरा गर्ने गर्थे । त्यस बखत धेरैले भन्ने गरेका थिए प्रेम जोडी होस् त निता र आमेशको जस्तो । यी दुईले अभिनय गरेको सिनेमा फूलै फूलको मौसम तिमीलाईको चर्चा पनि उनीहरुको अफेयरको कारण रिलिज पहिले निकै भयो । तर रिलिज पछि भने सिनेमाले दर्शकको साथ पाएन । सिनेमाले पाएको असफलतासँगै उनीहरुको सम्बन्धमा पनि फाटो आयो । हाल उनीहरुले एकअर्काको प्रेममा नभएको पनि बताउँदै आएका छन् ।

ब्रेकअप भईसकेका आमेश र निताको अभिनय रहेको चलचित्रले मंसिर १७ गते रिलिज डेट तोकेको छ । लक्षु गौतले निर्देशन गरेको चलचित्र ‘तँ म र उ’ को हालै काठमाण्डौमा सम्पन्न पे्रसमिटमा आमेश ,निता उपस्थित भएनन् । सिनेमाका मूख्य कलाकारहरु नै प्रेसमिटमा नआउँदा निर्देशकले आक्रोश पोखेका थिए । यो सिनेमामा पनि प्रेम र विछोडको कथालाई समावेश गरिएको कुरा ट्रेलरमा देख्न सकिन्छ । यो सिनेमा आमेश र निताले फूलैफूलको मौसम तिमीलाई भन्दा पहिले नै गरेका थिए । तर पहिले भने उनीहरुको दोस्रो सिनेमा रिलिज भयो । कामका हिसाबले यो सिनेमा आमेशको  डेब्यु सिनेमा हो ।

(ट्रेलर हेर्नुहोस)

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..