TOP Ad
AD_ Wide Top

बलिउडका हिट कलाकार, जसले केहि सिनेमामा सित्तैमा काम गरे

३० भदौ,२०७३  |   Agency


बलिउडका हिट कलाकार, जसले केहि सिनेमामा सित्तैमा काम गरे

बलिउड कलाकारहरु एक सिनेमामा काम गरेबापत करोडौँ पारिश्रमिक लिने गर्छन् । तर कहिले काही उनीहरु निर्माता तथा निर्देशकहरुसँगको सम्बन्धका कारण सिनेमामा सित्तैमा काम गर्न पनि तयार हुन्छन् । आज हामी बलिउडका ११ कलाकार जसले केहि सिनेमामा बिना पारिश्रमिक काम गरे उनीहरुको बारेमा चर्चा गर्दैछौँ ।

अमिताभ बच्चन– बलिउडका महानायक अमिताभले पनि केहि सिनेमामा बिना पारिश्रमिक काम गरेका छन् । उनले दिपक सावन्तको तीन वटा फिल्ममा सित्तैमा काम गरेका छन् । त्यस्तै शाहरुखको पहेली, बोल बच्चन, द ग्रेट ग्याट्स बाई जस्ता सिनेमामा पनि उनले बिना पारिश्रमिक नै काम गरेका हुन् ।

Shah-Rukh-Khan-worked-for-free

शाहरुख खान–शाहरुखले भूतनाथ रिर्टन्स, क्रेजी ४ को ब्रेक फ्रि गीत र दुल्हा मिलगया जस्ता फिल्ममा बिना पारिश्रमिक काम गरेका छन् ।

salman

सलमान खान– सलमान आफ्ना निकट साथीहरुले फिल्ममा छोटो भूमिका दिएभने पनि काम गर्न तयार हुन्छन् । उनले साथीहरुको सिनेमामा काम गरेको पारिश्रमिक लिँदैनन् । सलमानले तीस मार खान, सन अफ सरदार,जुग्ली लगायतका सिनेमामा काम गरेको पारिश्रमिक लिएका छैनन् ।

Excited

काजोल– करणले निर्माण गरेका सिनेमा कभि खुशी कभि गम, कुछ कुछ होता है, मा काजोलले काम गरेकी छिन् । करणकी मिल्ने साथी भएका कारण काजोलले उनका सबै फिल्ममा काम गरेबापत पारिश्रमिक लिएकी थिईनन् ।

maxresdefault

रानी मुखर्जी– रानी मुखर्जी पनि निर्माता तथा निर्देशक करण जोहरकी मिल्ने साथी हुन् । उनले करणको सिनेमा कभि खुशी कभि गममा बिना पारिश्रमिक काम गरेकी थिईन् ।

Hot-Kareena-Kapoor-Red-Lips

करिना कपूर– मित्रतालाई मध्य नजर गर्दै करिनाले शाहरुखको फिल्म बिल्लुको गीत मर्जानी मर्जानीमा बिना पारिश्रमिक काम गरेकी थिईन् । त्यस्तै करिनाको मित्रता सलमानसँग पनि कम छैन । त्यस कारण उनले सलमानको सिनेमा दबंग २ को फेबिकोल से मा आईटम नृत्य पनि सित्तैमा गरेकी थिईन् ।

Katrina-Kaif-worked-for-free-in-movies

कट्रिना कैफ – करण जोहरको सिनेमा अग्नीपथ भन्दा सिनेमाको आईटम गीत चिक्नी चमेलीले निकै चर्चा बटुलेको थियो । कट्रिनाले यो गीतमा आईटम नृत्य गरेकी थिईन् । उनले यसमा बिना पारिश्रमिक नै काम गरेकी हुन् । तर पछि करणले उनलाई फरारी कार उपहार दिएका थिए ।
संजय दत्त– संजय दत्तले सिनेमा रावनमा काम गरेको पारिश्रमिक लिएका थिएनन् । सिनेमामो उनको सानो भूमिका थियो ।

M_Id_410222_Sonakshi_Sinha

सोनाक्षी सिहं– अभिनेत्री सोनाक्षी सिन्हा र अक्षय कुमारको जोडी बलिउडको सफल र चर्चित जोडी मानिन्छ । उनीहरुले काम गरेको सिनेमा राउडी राठोरले बक्स अफिसमा राम्रो गरेको थियो । उनीहरु एकअर्काका मिल्ने साथी पनि हुन् । त्यस कारण शोनाक्षीले अक्षयको सिनेमा बोसको गीत पार्टी बल नाईट र हर किसिको गीतमा आईटम नृत्य गरेबापत पारिश्रमिक लिएकी थिईनन् । उनले मित्रता हेरेर बिना पारिश्रमिक काम गरेको बताईन्छ ।

Priyanka-Chopra-worked-for-free

प्रियंका चोपडा– नायिका प्रियंका चोपडाले सिनेमा बिल्लुको एक गीतमा आईटम नृत्य गरेकी छिन् । उनलाई त्यसमा काम गरेबापत पारिश्रमिक दिईएको थियो । तर उनले लिन मानिनन् । उनले त्यसमा बिना पारिश्रमिक नै काम गरिन् ।

Shahid-Kapoor-worked-for-free

शाहिद कपूर– शाहिद कपूरले काम गरेको सिनेमा हैदरले व्यावसायिक रुपमा सफलता पाएको थियो । तर शाहिदले भने सिनेमामा काम गरेबापत पारिश्रमिक लिएनन् । उनले यो सिनेमामा बिना पारिश्रमिक काम गरेका हुन् । सिनेमाले शाहिदको करिअरलाई समेत उकासेको थियो ।

     


प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..