chakka panjaa
AD_ Wide Top

वास्तविक जीवनमा ब्रेकअप भएपनि फिल्ममा एकसाथ देखिदै अनुप र मलिना

२४ साउन,२०७३  |   Forseenetwork


loading...
वास्तविक जीवनमा ब्रेकअप भएपनि फिल्ममा एकसाथ देखिदै अनुप र मलिना

प्रेम सम्बन्ध टुटे पनि एउटै चलचित्रमा काम गर्न मान्ने कलाकार खासै पाईन्न । तर कुनै समय प्रेम सम्बन्धमा रहेका नायक अनुप विक्रम शाही र पुर्व मिस नेपाल मेलिना जोशीको प्रेम सम्बन्ध टुटे पनि दुवै जना एउटै चलचित्रमा काम गर्ने भएका छन् । यो कुराले प्रेममा फाटो आए पनि उनीहरुको सम्बन्धमा भने खासै समस्या नभएको बुझ्न सकिन्छ ।

दयाराम दाहालको निर्देशनमा भदौ देखि सुटिङको तयारी भइरहेको एक चलचित्रमा यो जोडि जम्ने भएको छ । तर चलचित्रको नाम सार्वजनिक गरिएको छैन । निर्देशक दाहालले अनुप र मलिनालाई एक साथ पर्दामा ल्याउनको लागि खासै गाह्रो नभएको बताए । नायिक अनुप विक्रमले हामी विचको प्रेम सम्बन्ध नरहे पनि व्यवसायिक सम्बन्ध रहेको बताए ।

प्रेममा अलग भए पछि प्राय कलाकार एकसाथ काम गर्न मान्दैनन् । तर मलिना र अनुप काम गर्नका लागि तयार भएका छन् । यस चलचित्रमा दुई नयाँ अनुहारलाई पनि देख्न सकिने र चलचित्र सामाजिक प्रेम कथामा बन्ने निर्देशक दाहालले बताए ।

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


khuldulee.com

कर्पोरेट कमेडी

टेन्सनमा हुनुहुन्छ हेर्नुस फ्रेस बनाउने भिडियो (भिडियो सहित)

तपाईलाई मोबाईल र टिभिको सम्बन्धका बारेमा थाहा नहुन सक्छ । आज हामि तपाईलाई टिभि र मोवाईलको सम्ब..

गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन् गुलियो नछुने देउवा, चिल्लो पीरो परे हर्काछन् , फुर्सदमा जोक्स सुनाउँछन्

शेर बहादुर देउवा हालै भएको नेपाली कांग्रेसको महाधिवेशनबाट निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेलल..